सामाज रुपान्तरणका लागि विकृति विसंगति अन्त्य हुनुपर्छ : मन्त्री लेखी


राजबिराज /सामाजिक रुपान्तरणका लागि समाजमा रहेका बिकृति र विसंगतिको अन्तयहुनु हुनु जरुरी रहेको मधेश प्रदेशका गृह, संचार तथा कानुनमन्त्री राज कुमार लेखीले बताए ।

सप्तरीको अग्नीसाईर कृष्णाससरन गाउँपालिका ६ स्थित डाँडाघरेमा शनिबार गौरी खोलामा नवनिर्मित झोलुङ्गे पुल उद्घाटन कार्यक्रममा बोल्दै लेखिले भने दिनप्रतिदिन युवापुस्तामा बढ्दै गएको लागूऔषध दुर्व्यशनीले सामाजिक बिकृती फैलाएको भन्दै चिन्ता व्यक्त गरे ।
लेखिले लागुऔषधले समाज र राष्ट्रलाई पुर्याएको क्षतिबारे जनजागरण गराउन अभियान चलाउनु गर्नुपर्नेमा जोड दिए ।


“सामाजमा गरिवी, अशिक्षा, असमानता भेदभाव बेरोजगारी हुनुहुदैन, मन्त्री लेखीले भने, सम्मजमा विकृति विसंगति व्याप्त छ, यसलाई न्यूनीकरण गर्न जनता शिक्षित हुनुपर्छ, गरिवी, भेदभाव, अशिक्षा र असमानतालाई हटाउनु पर्छ । ”
उनले समाजमा यस्ताखाले कुरिती, कुसंस्कार र अशिक्षा कायम रहँदा सामाजिक रुपान्तरण हुन नसकेको बताए।

समाजमा बढ्दो दुर्व्यशनी समाज रुपान्तरणको मुख्य बाधक भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री लेखीले यसलाई हटाउन नागरिक समाज, राजनीतिककर्मी, संचारकर्मी, कानुन व्यवसायी, राज्यका हरेक निकाय गम्भीर हुनुपर्ने आबश्यकता रहेको बताए ।


यस ठाउँमा पुल निर्माणले स्थानीय पर्यटन क्षेत्रको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री लेखीले पर्यटन विकासको प्रचुर सम्भावना रहेको प्राचीन इतिहास बोकेको तिरहुत गौरमौराईन मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने बताए । उनले मन्दिर क्षेत्रसम्म पुग्ने बाटो, पानी,विजुली लगायतका आबश्यक पुर्वाधार निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

टिविएसयु हेल्वाटासको ९२ प्रतिशात गाउँपालिकाको ६ प्रतिशत र स्थानीय जनश्रमदान २ प्रतिशतको लगानीमा झोलुङ्गे पुल निर्माण गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष ढक बहादुर मगरले जानकारी दिए ।
