उदयपुर, २६ असार । उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ वर्षीया छोरी रुपकला मगर रहेकी छन् ।
मंगलबार बिहान परेको अबिरल वर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी चेतनको ३० वर्षीया श्रीमती हिर कुमारी मगर र ८ वर्षीया छोरी रुपाकला घाईते भएका थिए ।
पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।

Facebook Comments Box