मोरङ, ८ साउन । मोरङको बेलबारीमा करेन्ट लागेर ५१ वर्षीया महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-७ हल्दिबारी स्थितमा ५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । 

आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा सोमबार साँझ ७ बजे अचानक करेन्ट लागेर पन्तिदेवी घाईते भएकी थिइन् । उनलाई उपचारको लागी बिराट टिचिङ अस्पताल बिराटनगर ल्याएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box