सप्तकोसी / कक्षा १२ को परीक्षाफल प्रकाशित ५२.९१ प्रतिशत मात्र विद्यार्थी पास भएका छ्न। १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार सार्वजनिक नतिजामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन ।

गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए । परीक्षा बोर्डका अनुसार कक्षा १२ को नतिजामा उतिर्ण हुने संख्या ५२‍.९१ प्रतिशत हो । बोर्डले पाँच हजार ५ सय ४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५सय२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। प्रकाशित नतिजाअनुसार ९ हजार ५९१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १०२ जनाको परीक्षा भने रद्द गरिएको छ।

Facebook Comments Box