कृति सामुदायिक स्वास्थ उपचार केन्द्रमा अत्याधुनिक एक्सरे मेसिन जडान
उत्तम आचार्य
कन्चनरुप/सप्तरीको कन्चरुप १२ रुपनगरमा रहेको कृति सामुदायिक स्वास्थ उपचार केन्द्र अत्याधुनिक डिजिटल एक्सरे जडान भएको छ ।
सामुदायिक स्वास्थ उपचार केन्द्रमा शनिबार रेज इंडिया ५ सय एम ए मेसिन सगै कोनिकाको डि आर डिजिटल एक्सरे जडान गरिएको संचालक समितिका अध्यक्ष अमर श्रेष्ठले बताए ।
एक्सरे मेसिनको मूल्य २७ लाख परेको श्रेष्ठले जानकारी गराए ।
गाउँमा रहेका गरिब , दुखी , असाय र बिपन्न परिवारका ब्यक्तिहरुलाइ सुलभ र सहज तरिकाले उपचार गर्न सजिलो होस भनेर डिजिटल एक्सरे मेसिन जडान गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कृति सामुदायिक स्वास्थ उपचार केन्द्रलाई सुबिधा सम्पन्न बनाउने अभियानमा हामी लागी परेका छौ संचालक समितिका सदस्य रमेश बस्नेतले बताए ।
डिजिटल एक्सरे मेसिन जडान भएपछि स्थानीयहरु खुसी भएका छ्न ।
गाउँमा सुबिधा सम्पन्न एक्सरे मेसिन जडान हुनु भनेको हाम्रो लागी गौरवको कुरा रहेको स्थानीय जोगधर यादवले बताए