सप्तकोसी /१० औं संविधान दिवसको अबसरमा सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा असोज २ गते देखी सप्तरी जिल्ला स्तरीय अन्तर पालिका ब्याडमिन्टन प्रतियोगिता सन्चालन हुने भएको छ।                                                            सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा १० औं संविधान दिवसको अबसरमा जिल्ला ब्याडमिन्टन संघ सप्तरीको आयोजनामा न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुर र सप्तकोसी नगर खेलकुद बिकास समितिको सहयोगमा २ दिने सप्तरी जिल्ला स्तरीय अन्तर पालिका र सप्तकोसी नगरपालिका बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ।

                  प्रतियोगिता मा सप्तरी जिल्लाका १८ वटै पालिका र सप्तकोसी नगरपालिकाका बि डिभिजनका गरि करिब ४० जोडी खेलाडीहरुले सहभागीता जनाउने जिल्ला ब्याडमिन्टन संघ सप्तरीका बरिस्ठ उपाध्यक्ष दिपककुमार खड्काले जानकारी दिए । प्रतियोगिता मा प्रथम,द्दितिय र तृतीय हुने टिमलाइ क्रमशः नगद पन्द्र हजार दश हजार र चार चार हजार ट्रफी मेडल र प्रमाणपत्र बितरण गरिने जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले जानकारी दिए।।

Facebook Comments Box