सप्तकोसीमा सप्तरी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा १० औं संविधान दिवसको अबसरमा आयोजित सप्तरी जिल्ला स्तरीय अन्तर पालिका ब्याडमिन्टन प्रतियोगिता बुधबार बाट शुरु भएको छ। सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा १० औं संविधान दिवसको अबसरमा सप्तकोसी नगरपालिका वडा न १ र नगर खेलकुद बिकास समिति सप्तकोसीको सहयोगमा जिल्ला ब्याडमिन्टन संघ सप्तरीको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा संचालित २ दिने सप्तरी जिल्ला स्तरीय अन्तर पालिका र सप्तकोसी नगरपालिका बि डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले प्रतियोगिताका निर्णायक अजय श्रेष्ठलाइ सटल दिएर गरेका थिए। प्रतियोगिता मा सप्तरी जिल्लाका ३० जोडी खेलाडीहरुले सहभागिता जनाएका छ्न।
सप्तरी जिल्ला स्तरीय अन्तर पालिका र सप्तकोसी नगरपालिकाका बि डिभिजन स्तरीय गरि दुइ बिधामा बिभाजन गरि गराइएको प्रतियोगिताको बुधबार भएको खेलमा सप्तरी जिल्ला स्तरीय अन्तर पालिका तर्फ खगेन्द्र कार्की र अम्मर बि क सप्तकोसी नगरपालिका ,रोहितमान तामाङ र सरोज तामाङ कन्चरुप नगरपालिका धिरेन्द्र पटेल र रजाउल हक खडक नगरपालिका र सुनिल थापा मगर र गोकुल नारायण श्रेष्ठ कन्चरुप का खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छ्न भने सप्तकोसी नगर स्तरीय प्रतियोगितामा बालकृष्ण घिमिरे र जिबन फुयालको जोडी र कालुराम बिस्ट र संगम राउतको जोडी र आषिश लामिछाने र नवराज थापाको जोडी सेमिफाइनल प्रवेश गरेका छन ।

प्रतियोगिताको फाइनल खेल असोज ३ गते १० औं संविधान दिवसको अबसरमा सम्पन्न गरिने भएको छ। ब्याडमिन्टन प्रतियोगितामा प्रथम,द्दितिय र तृतीय हुने टिमलाइ क्रमशः नगद १५ हजार १० हजार र ४/४ हजार ट्रफी मेडल र प्रमाणपत्र बितरण गरिने जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले जानकारी दिए।