डिभिजन बन कार्यलय सप्तरीले बृक्षारोपण गरि मनायो संविधान दिवस

सप्तकोसी /डिभिजन बन कार्यलय सप्तरीले संविधान दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरमा शुक्रबार बृक्षारोपण गरि मनाएको छ ।
१० औं संविधान दिवस २०८१ को अबसरमा डिभिजन बन कार्यलय सप्तरीको आयोजना र रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुह फत्तेपुरको सहकार्यमा रक्तमाला सामुदायिक बनको जुटपानी स्थित पर्यटकिय स्थल वरिपरि विभिन्न प्रजातिका बिरुवा रोपेर संविधान दिवस मनाइएको छ।
रक्तमाला सामुदायिक वन क्षेत्र भित्र विभिन्न प्रजातिका ८ सय ५० बिरुवा रोपी संविधान दिवस मनाइएको रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिए।

बृक्षारोपण कार्यक्रममा १२५ तेजपत्ता,३२५ अर्जुन छाल,४०० अमला लगायतका विभिन्न प्रजातिका जडिबुटीका बिरुवा रोपिएको उनले बताए ।
बृक्षारोपण कार्यक्रममा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल सप्तरीका प्रमुख जिल्ला अधिकारी मेघराज मगराति,डिभिजन बन कार्यलय सप्तरीका प्रमुख सुभाष चन्द्र दास, सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तमकुमार शर्मा, सप्तकोशी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष,रोहिणी प्रसाद पोखरेल रक्तमाला नमूना सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष ईन्द्र प्रसाद लुइटेल, बरख गण राजबिराज का प्रमुख,जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख डिभिजन वन कार्यालय सप्तरीका कर्मचारी, सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण गरि संविधान दिवस मनाइएको डिभिजन बन कार्यलय सप्तरीका प्रमुख सुभाष चन्द्र दासले जानकारी दिए।
