अविरल बर्षाको कारण आएको बाढिपहिरोमा परि सय जनाको मृत्यु ६७ जना बेपत्ता

सप्तकोसी / अबिरल बर्षाको कारण आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न स्थानमा गरि १ सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् ।
लगातार बर्षाका कारण देशका विभिन्न स्थानमा आएको पहिरो र डुबानमा परी करिब सय एकजना घाइते भएका छन।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार लगातारको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोकमा ६ , सोलुखुम्बुमा ५, पाँचथर ५, भक्तपुरमा ५ जना दोलखामा ३ सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछाप १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि हजारौंको सख्यामा सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छ्न ।
