राजकुमार पासवान
कन्चनरुप/ सप्तरीको कञ्चनपुर नगरपालिका जनमत पार्टीको नेतृत्व प्रति असन्तुष्टि जनाउँदै पुर्व नगर अध्यक्ष अनिल पञ्जियारसहित दर्जनभन्दा बढी नेता कार्यकर्ता द्वारा पार्टी परित्याग गरेका छन्।
पार्टी नेतृत्वले बहुमतको निर्णयको कदर नगरेको र कार्यकर्ताहरूको भूमिका सही मूल्याङ्कन नगरेको भन्दै उनीहरूले सामूहिक रूपमा पार्टीबाट बाहिरिने घोषणा गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गर्नेहरुमा जनमत पार्टी कञ्चनरूप नगरपालिकाका पूर्व नगर अध्यक्ष अनिल पञ्जियार,कञ्चनरुप नगरपालिका वडा नं. १ का प्रत्यासी वडा अध्यक्ष उम्मेदबार रामदेव शर्मा, कञ्चनरुप नगर वडा नं. १ का महिला उपाध्यक्ष विमला देवी मण्डल,उपाध्यक्ष रेशम लाल साह,सचिव विशेश्वर महतो,सदस्यहरुमा भुवनेश्वर सदा,मुनेश्वरी देवी खंग,शिवु यादव र दिलिप कुमार राउत रहेका छन् ।
सो कञ्चनरुप नगरपालिका वडा नं.१ का युवा कमिटि संयोजक सम्पैत लाल मण्डल,बुथ कमिटी संयोजक विशेश्वर खंग,सह संयोजक रामचन्द्र खंग,महिला प्रचार प्रसार कमिटि संयोजक चन्द्रिका देवी खंग र युवा कमिटि सदस्य प्रमेश्वर खंग रहेका छन् ।

विज्ञप्तिमा नेताहरूले जनमत पार्टीको उद्देश्य र मार्गनिर्देशनमा नेतृत्वले बहुमतको भावना र कार्यकर्ताहरूको भावनाको कदर नगरेको आरोप लगाएका छन्।

Facebook Comments Box