प्रेस चौतारी सप्तरी द्वारा पत्रकार महासंघमा सर्वसहमत नेतृत्व चयनका लागि आग्रह
सप्तकोसी /प्रेस चाैतारी नेपाल सप्तरी शाखाले नेपाल पत्रकार महासंघ सप्तरीमा मा सर्वसहमत नेतृत्व चयन गर्न आग्रह गरेको छ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाको आइतबार कंचनपुरमा बसेको बैठकले नेपाल पत्रकार महासंघकाे यहि मङ्सिर २८ गते हुन गइरहेकाे निर्वाचनमा पत्रकार सम्बद्ध संघ- संगठनहरूसंग वार्ता, सम्वाद तथा सहकार्य गर्दै सर्वसम्मत सप्तरी जिल्लामा साझा नेतृत्व चयनका लागि आग्रह गरेको छ।
‘क्रियाशिल पत्रकारहरुको नेतृत्वको लागि सबै संगठनहरुको साझा उपस्थिति सहितको कार्यसमिति चयनका लागि सर्वसम्मत निर्णय गरि अघि बढ्न सबै संगठनहरु संग अनुरोध गरेको छ। महासंघको नेतृत्व सर्वसहमत चयनमा बार्ता सम्बादका लागि प्रेस चौतारीका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्कीको संयोजकत्वमा ३ सदस्य कार्यदल गठन गरेको छ।कार्यदलको सदस्यहरुमा सप्तरी शाखा अध्यक्ष डम्बर राई शाखा सचीव शिबप्रसाद आचर्य रहेका छ्न। चौतारीले कार्यदल निर्माण गर्दै साझा सहमतिलाई पहिलाे प्राथमिकता दिदै सर्वसम्मत कार्यसमिति चयन हुने परिस्थिति नबनेमा नजिक हुन चाहने सबै संगठनहरुसंग वार्ता र छलफल गरी चुनावी तालमेलको लागि अगाडी बढ्न प्रेस चौतारी नेपाल सप्तरी शाखा तत्पर रहेको जानकारी गराउदै सहज वातावरणमा नयाँ नेतृत्वका लागि निर्वाचनमा सबै संघ-संगठनहरूको सहयोगकाे अपेक्षा गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ।
प्रेस चौतारी नेपाल सप्तरी अध्यक्ष डम्बर राई द्वारा जारी प्रेस विज्ञप्तिमा महासंघ निर्वाचनको कार्यतालिका प्रकाशित भई निर्वाचन कार्यक्रम आरम्भ भइसक्दा पनि सप्तरीको सदस्यता नामावली सार्वजानिक हुन नसकेकोमा दुःख व्यक्त गर्दै यथाशिघ्र निष्पक्षता पूर्वक सदस्यता नामावली प्रकाशन गरी निर्वाचनको वातावरण सहज र निश्चित बनाउन सम्बन्धित पक्ष संग जोडदार माँग गरेका छ्न।
प्रेस चौतारी सप्तरी जिल्ला अध्यक्ष डम्बर राईको अध्क्षतामा बसेको बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमनराज प्याकुरेल मधेस प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष मनोहरकुमार पोखरेल प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको आगामी मंसिर २८ गते एकसाथ निर्वाचन हुने भएको छ । केन्द्रीय नेतृत्व चयनका लागि मंसिर २१ गते मनोनयन दर्ता भइसकेको छ भने सोमबार प्रदेश नेतृत्वको लागि मनोनयन दर्ता हुदैछ भने जिल्ला शाखा नेतृत्वका लागि मंसिर २६ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।