सप्तकोसी /सप्तकोसी नगरपालिकामा केहीदिन यता देखि बढेको अध्याधिक चिसो तथा शीतलहरका कारण नगरपालिका भित्र रहेका सम्पुर्ण विद्यालयहरु तीन दिन का लागि बिदा दिएको छ।
बिगत केहि दिन यता मौसममा परिबर्तन आइ एक्कासि बढेको चिसो र सितलहरका कारण बिधालयहरुमा बिद्यार्थीलाइ आवतजावत र पठनपाठनमा समस्या भएकाले नगरपालिकाले ३ दिनको लागि नगर भित्रका सम्पुर्ण  बिधालयहरु बन्द गर्ने निर्णय गरेको छ।

सप्तकोसी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी को अध्यक्षतामा शुक्रबार बसेको नगर भित्र का सामुदायिक तथा संस्थागत विद्यालय का प्र अ को संयुक्त बैठक ले विगत केही दिन यता बढेको चिसो तथा शीतलहरले पठन पाठन मा असहजता उत्पन्न भएको र विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने भन्दै माघ ११ गते देखि १४ गते सम्म बिदा दिने निर्णय भएको सप्तकोसी नगरपालिका नगर शिक्षा तथा खेलकुद शाखा का अधिकृत जय प्रकाश चौधरीले जानकारी दिए।                                            नगरपालिकाले ३ दिनपछिको मौसम को अवस्था हेरेर पठन पाठन लाई सहज बनाइने जनाएको छ।यस अघि नगरपालिका ले जाडो तथा शीतलहर बढेको भन्दै पुस अन्तिम साता दुई दिन बिदा दिएको थियो।

Facebook Comments Box