सरस्वती विद्या मन्दिरका प्रिन्सिपल चौधरीको निधनमा सप्तकोसीका निजी विद्यालयमा शोक बिदा


सप्तकोसी /सप्तकोसी नगरपालिका वडा नं १ मा रहेको सरस्वती विद्या मन्दिर का संस्थापक तथा प्रिन्सिपल रामेश्वर चौधरी को निधनमा शुक्रबार सोक बिदा भएको छ।
बिधालयका सस्थापक प्रिन्सिपल रामेश्वर चौधरीको बिहीबार उदयपुर को बेलाका नगरपालिका वडा नं १ आम्बासी स्थित आफ्नै घर मा चौधरी को निधन भएको परिवार ले जनाएको छ। विगत दुई तीन वर्ष देखि क्यान्सर रोग बाट ग्रसित चौधरी सरस्वती विद्या मन्दिर को प्रिन्सिपल को अलावा गोवर्धन बैरागी जनता क्याम्पस मा पनि पढाउँदै आएका थिए। मृतक चौधरी को निधन मा सप्तकोसी नगरपालिका भित्र का निजी विद्यालय ले शुक्रबार शोक बिदा दिएको स्थानिय निजी विद्यालय का प्रिन्सिपल शिबप्रसाद आचर्यले ले बताए। मृतक चौधरीको शब मा प्याब्सन सप्तरी ले प्याब्सन को लोगों अंकित झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेको थियो। श्रद्धाञ्जली कार्यक्रम मा प्याब्सन सप्तरीका उपाध्यक्ष अमरेन्द्र यादव ,जिल्ला कोषाध्यक्ष दीपेन्द्र प्रसाद यादव,कंचनरुप नगरपालिका का फोकल पर्सन सञ्जय शर्मा,सप्तकोसी नगर फोकल पर्सन क्षिरिङ शेर्पा,प्याब्सन का पूर्व केन्द्रीय सदस्य नरेन्द्र खत्री ,सप्तकोसी नगर पूर्व फोकल पर्सन भारत विष्ट,सरस्वती विद्या मन्दिर का तर्फबाट पदम विष्ट लगायत का को उपस्थिति रहेको थियो। मृतक चौधरी को शुक्रबार साझ त्रियुगा नदिमा दासस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।मृतक चौधरी का एक श्रीमती र दुई छोरीहरु रहेका छन्।

