बर्तमान सरकारले ल्याएको भुमि सम्बन्धि अध्यादेश दुबै सदनबाट पास हुने:-नेता ज्ञावलि

सप्तकोसी /बर्तमान सरकारले ल्याएको भुमि सम्बन्धि अध्यादेश दुबै सदनबाट पास हुने नेकपा एमाले का केन्द्रीय उप महासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छ्न।
प्रेस चौतारी नेपाल सप्तरी शाखा द्वारा नेकपा एमाले सप्तरी जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मी हरुलाई प्रतिक्रिया दिँदै एमाले पार्टी उप महासचिव ज्ञावाली ले एमाले कांग्रेस को सहकार्य मा बनेको सरकार ८४ को निर्वाचन सम्म रहने बताए।
नेपालको संविधानले प्रदान गरेको भूमि सम्बन्धी अधिकार लाई अध्यादेश ले सम्बोधन गरेकाले चाडै पास हुने मा ढुक्क हुन आग्रह गरे। पचासौं वर्ष देखि बसोबास गरेको व्यक्ति को हातमा आलपूर्जा नहुँदा को पीडा लाई मलहम लगाउन भए पनि यो अध्यादेश आवश्यक रहेको उनले बताए। यदि पास हुन नसके सरकार संग यसको विकल्प रहेको पानी उनले बताए।
वर्तमान सरकार गठन भए यता लगानीको वातावरण मा सुधार आएको र अर्थतन्त्र समेत बलियो बन्दै गएको पत्रकार सम्मेलन मा जानकारी दिए।
मुलुक अग्रगामी दिशा र स्थाइत्व तर्फ अगाडि बढेकाले केही विचौलियाहरु अस्थिरताको पक्षमा दौडिरहेको ज्ञावलीले बताए। माओबादी तर्फ इंकित गर्दै पूर्व मन्त्री ज्ञावाली ले आफू सत्ता मा हुँदा सबै राम्रो नहुँदा सबै बिग्रिएको देखने माओबादीका कारण देश पच्चिस वर्ष पछाडि धकेलिएको बताए।
मुलुकमा विभिन्न सहकारी बाट ठगिएका १४ हजार भन्दा बढी सहकारी पीडितहरु को लाखौ रुपैया फिर्ता गरी साकिएकोले अब बाकी सहकारी पिडित को पनि पीडक बाट रकम असुल उपर गर्ने कार्य निरन्तर रहिरकेको ज्ञावाली ले बताए।