सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नं ८ ओद्राहा मा संचालित ५ औं वडा अध्यक्ष कप फुटबल प्रतियोगिता को उपाधि आयोजक प्रोगेसिभ युवा क्लव ओद्राहा ले जितेको छ।
मा वि ओद्राहा को खेल मैदान मा शुक्रबार सम्पन्न फाइनल खेल मा आयोजक प्रोगेसिभ युवा क्लव ओद्राहा ले न्यू त्रियुगा स्पोर्ट्स क्लव फत्तेपुर लाई २-० गोलअन्तरले हराउँदै उपाधि जितेको । जीत का लागि प्रोगेसिभ का जर्सी एन ७ का शिशिर लेखी र जर्सी न १४ का पुष्पराज चौधरी ले गोल गरेका थिए। जीत सँगै विजेता टीम ले नगद ३० हजार र शिल्ड हात पारेको छ भने उप विजेता के नगद २० हजार सँगै शिल्ड हात पारेको छ। प्रतियोगिता मा म्यान अफ दि म्याच सहित वेष्ट गोलर प्रोगेसिभ का शिशिर लेखी घोषित भए भने वेष्ट गोल किपर प्रोगेसिभ कै रुपेश सरदार भए। त्यसै गरी वेष्ट प्ल्येयर न्यू त्रियुगा का निखिल कार्की घोषित भए।
विजयी टिमलाई कार्यक्रम का प्रमुख अतिथि सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल , नगर उप प्रमुख रिता कुमारी चौधरी, सप्तकोसी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार प्रसाद साह, वडा नं ४ का वडा अध्यक्ष जयराम खङ लगायत ले पुरस्कार वितरण गरेका थिए।

Facebook Comments Box