बागीन्युज संवाददाता

धरान, चैत्र २८ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपाल धरान उप–महानगर समितिको सोमबार बसेको पुर्ण बैठकले ६ पदाधिकारी थप गरेको छ ।

धरान नगर पार्टी कार्यालय पेरिस खोल्सीमा नगर अध्यक्ष नवीन केसिको अध्यक्षतामा बसेको बैठकले ६ पदाधिकारी टुंगो लगाएको हो । थप गरिएका पदाधिकारीहरुमा उपाध्यक्षद्वय बिजय तामाङ र किशोर राई, सचिवमा बिक्रम मगर, सह–सचिवहरुमा भरदिप राई, रोसन बिक र बिकास तामाङ रहेका छन् । यस अघि शनिबार सदन सभा हलमा सम्पन्न ५ औ उप–महानगर सम्मेलनले नवीन केसिको अध्यक्षतामा ७९ सदस्यिय नगर समिती सर्वसम्मत चयन गरेको थियो ।

संगठनको विधान अनुसार १३ सदस्यिय पदाधिकारीहरु मध्ये ७ सदस्य टुंगो लागेको र बाँकी महिला र समावेशी तर्फका पदाधिकारीहरु भने आवस्यकता अनुसार निर्णय गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो । धरान उप–महानगरपालिकामा २० वटा वडा मध्ये वडा नम्बर ४, ८ र १४ सहित ५ वटा वडाहरुमा सम्मेलन गरि सकिएको र बाँकी वडाहरुका वडा सम्मेलन पनि तिब्र रुपमा अघि बढाईने अध्यक्ष केसिले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका नगर इन्चार्ज एवं प्रदेश नम्बर १ सदस्य फोक्वाहाङ सुब्बा(चोत्लुङ) ले प्रशिक्षणात्मक मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तस्बिर : तीर्थ कार्की
………….

Facebook Comments Box