खगेन्द्र कार्की                                                        सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा जारी दोस्रो सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा झापालाइ हराउँदै प्रतियोगिताको उपाधि गाइघाटले जितेको छ।
प्रतियोगिताको शनिबार भएको गाइघाट युनाइटेड क्ल्ब उदयपुर र दमक फुटबल एकेडेमी झापा बिच भएको फाइनल खेलमा झापालाइ २-१ को गोलअन्तरले पराजित गर्दै गाइघाटले उपाधि जितेको छ। फाइनल खेल शुरु भएको ३ मिनेटमा झापाका जर्सि न ८ किस्मत लिम्बुले डिबक्स एरियामा पाएको फललाइ सदुपयोग गर्दै पेनाल्टी मार्फत १ गोल गर्दै टिमलाइ १-० को अग्रता दिलाए पनि मध्यान्ह पछिको खेल शुरु भएको ३ मै मिनेटमा झापाका जर्सि न २ का खेलाडीले आत्मघाती गोल गर्दै खेलालाइ १-१ को बराबरी पुर्याएका थिए भने मध्यान्ह पछिको २८ औं मिनेटमा गाइघाटका जर्सि न १४ का सुनिल खडकाले पाएको फ्री किकलाइ सदुपयोग गर्दै १ गोल गरि झापालाइ २-१ को गोलान्तरले हराउँदै प्रतियोगिताको उपाधि जितेको छ।                                                                 प्रतियोगिताको म्यान अफ द म्याच गाइघाटका जर्सि न ९ शिशिर लेखि घोषित भए।प्रतियोगितामा उत्कृष्ट गोलकिपर गाइघाटका अनिल मगर घोषित भए भने बेस्ट प्लेयर दमकका निश्च्ल बस्नेत घोषित भए भने सर्बाधिक गोलकर्ता झापाका जर्सि न ८ का किस्मत लिम्बू घोषित भएका थिए।
जेष्ठ २४ गते देखि जेष्ठ ३१ गते सम्म संचालित दोस्रो सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगितामा धरान स्पोर्टिङ क्ल्ब सुनसरी,बैंगाडावर युवा क्ल्ब धनुषा,राष्ट्रिय जागृति क्ल्ब सुनसरी,बसाहा क्ल्ब उदयपुर , दमक फुटबल एकेडेमी झापा,गोलबजार स्पोर्ट्स क्ल्ब सिराहा ,गाइघाट युनाइटेड फुटबल क्ल्ब उदयपुर र आयोजक ११ गरि ८ वटा टिमहरुले सहभागिता जनाएको सप्तकोसी नगरखेलकुद बिकास समितिका अध्यक्ष सुरज खड्काले जानकारि दिए।
प्रतियोगिताका बिजेता उपबिजेता टिमलाइ सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल जिल्ला खेलकुद बिकास समिति सप्तरीका कार्यलय प्रमुख दिनेश भुजेलले द्वारा क्रमशः २ लाख ७० हजार र १ लाख ३५ हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र बितरण गरिएको आयोजकले जनाएको छ।

Facebook Comments Box