सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

Ad

शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल फर्कायो ।

खेलको २७ औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गर्दै अग्रता दिलाएका एि । सतदोबाटोका लागि दिपकराजसिंह ठकुरीले गोल गरे ।

Facebook Comments Box