अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा सर्वाधिक माग भएकी कलाकार हुन् । उनलाई धेरैजसो चलचित्रको अफर पुगेका हुन्छन् । उपासनाको हातमा अन्य अभिनेत्रीले छाडेका चलचित्र पनि पुग्ने गरेका छन् ।

‘क्याप्टेन, कबड्डी ३ र डिसेम्बर फल्स’मा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । चलचित्रको पर्दामा उपासना सामान्य युवतीको भूमिकामा बढी ‘फिट’ देखिएकी छन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिकामा छिन् ।

Facebook Comments Box