स्व.अम्बर बहादुर कार्कीले संकलन गरेको सुतार कार्कीहरु को वंशावली पुस्तक बिमोचन


फत्तेपुर/स्व. अम्बर बहादुर कार्कीले संकलन गरेको सुतार कार्की हरुको वंशावली उहाँको प्रथम बार्षिक पुन्य तिथिको अबसरमा एक कार्यक्रम को आयोजना गरि बिमोचन गरिएको छ।
भोजपुर जिल्लाको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष नामक पुस्तक सार्वजनिक गरिएको छ ।


कार्कीले ७ बर्ष लगाएर संकलन गरेको वंशावली को विवरण लाइ उहाँको सम्झनामा उहाँका पाँच भाइ छोरा र परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।
पुस्तक सुतार कार्कीका अभिभावक वयो वृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक १ भोजपुर का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्की, पौडेल खत्री का अग्रज धर्म बहादुर खत्री ,घिमिरे बिष्ट सेबा समितिका सप्तरी अध्यक्ष कालुराम बिष्ट ,कालिकोटे खडका सेबा समितिका सप्तरी अध्यक्ष अर्जुन खड्का स्व अम्बर बहादुर कार्की छोरा शंकर कार्की ,बिश्वराम कार्की ,देबेन्द्र कार्की , राजेन्द्र कार्की ,खगेन्द्र कार्की लगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।
वंशावली पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पुस्तकका सम्पादक देवेन्द्र कार्कीले पुस्तकको विषयमा जानकारी गराउनु का साथै वंशावली को किताब बिक्री बाट आएको पैसाले अम्बर फाउन्डेसन ले देशै भर सामाजिक कार्य र गरिब दुखि हरु हक हितका लागि लगाइने बताए । कार्यक्रम मा बोल्दै स्व. अम्बर बहादुर का छोरा बिश्वराम कार्की ले पुस्तक प्रकासन मा सहयोग गर्नु हुने तथा कार्यक्रममा उपस्थित अतिथिहरु लाइ धन्यवाद ज्ञापन गर्दै अम्बर फाउन्डेसन ले धार्मिक तथा सामाजिक कार्य गर्न को लागि ५ भाइ छोराहरुले १० लाख बराबरको को अक्षकोषको स्थापना गरि नेपाल भर सामाजिक कार्य गरिने जानकारी गराए।
स्व. अमरबहादुर कार्कीका जेष्ठ पुत्र शंकर कार्कीको अध्यक्षतामा भएको बिमोचन कार्यक्रम स्व अम्बर बहादुर कार्की का कान्छा सुपुत्र खगेन्द्र कार्की ले कार्यक्रम सन्चालन गरेका थिए।





