झापाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
झापा, असोज १२ गते । झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका ५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ ।
मंगलवार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका रामेछाप नगरपालिका ८ रामेछापका ३० बर्षीय बिजय लामालाई संकालागि चेकजाँच गर्दा उनको साथबाट ७५ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकारभिट्टाको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड ५ स्थितबाट माई नगरपालिका २ इलामका २२ बर्षीय केबिन्द्र गोले, २७ बर्षीय गोम्वु दोर्जे गोले र फाल्गुनानन्द गाउँपालिका ५ पाँचथरका ३२ बर्षीय सन्त लिम्वु समेत तीनै जनालाई १३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको जनाइएको छ ।