सप्तकोसी नगरपालिकाको १७ औ नगरसभा सम्पन्न


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिकाको १७ औ नगरसभा तथा बुधबार सम्पन्न भएको छ ।
सप्तकोसी नगरपालिकाले आर्थिक बर्ष २०८३/८४ को बजेट लाई आफ्नो नीति तथा कार्यक्रम तय तथा बार्षिक बजेट बिनियोजन गर्दै नगरसभा सम्पन्न गरेकोछ।
सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालको अध्यक्षता तथा मधेस प्रदेश प्रदेश सभा सदस्य तथा निबर्तमान गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा सम्पन्न नगरसभाले आर्थिक बर्ष २०८३/८४ को लागि ४६ करोड १० लाख बराबरको बजेट बिनियोजन गरेको छ।
नगरसभालाइ सम्बोधन गर्दै सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकाल ले आउदो आब मा सबै बालबालिका लाई आधार भुत शिक्षा सुनिश्चितता का लागि नगरले कार्वान्यन मा लाने बताए। नगर खेलकुद मार्फत युवाहरुलाइ खेलकुद मा आकर्षक गराउने तथा खेलकुद मैदान स्तरउन्नती गरि ब्यब्स्थित गरिने, गर्भबती महिला का लागि सुरक्षित प्रसुती का लागि अस्पताल सम्म पुर्याउन निशुल्क एम्बुलेन्स को ब्यबस्था गरिने, वडा न ५ को १५ शैया को अस्पताल लाई यसै आब मा सन्चालन मा ल्याइ भरपर्दो स्वास्थ्य सेवाको प्रदान गरिने बताए,दलित,आदिबासी , जनजाती ,मधेसी,थारु ,मुस्लिम तथा अल्पसंख्यक जातजाती को उत्थानमा सशक्तीकरण का कार्यक्रमहरु सन्चालन मा ल्याइने , नगर को गौरब को बिषय रहेको सप्तकोसी सहरी खानेपानी आयोजनालाइ समयमै सम्पन्न गरि लाभान्वित घर धुरी सम्म पुर्याइने , महिलाहरुलाइ ब्याबसायिक सिपमुलक तालिम तथा ब्याबसायिक दर्ता प्रकिया निशुल्क गरिने , नगर भित्र रहेका कृषि तथा पशुपालन किसान को दैनिकी उकास्न प्रणालिमा सुधार तथा ब्याबसायिकरण मा जोड दिने, नगर भित्र रहेका पर्यटकीय क्षेत्र लाई सरक्षण तथा सम्बर्धन गरिने, वैदेशिक रोजगारी बाट फर्किएका युवाहरुलाइ लघु उधम मा प्रोत्साहन गरि उनिहरुबाट उत्पादित सामान कोसेली घर मार्फत बिक्री बितरण गरिने र यसै आर्थिक बर्ष भित्र त्रीयुगा नदि हेडबाध मा मोक्ष धाम को कार्य सन्चालन गरिने तथा स्थानिय पर्यटकिय क्षेत्रहरुको बिस्तार मा जोड दिने नगर प्रमुख ढकाल ले बताए। बैकल्पिक उर्जा प्रबर्द्धन को साझेदारी मा बिधुतिय चुलो,बायोग्यास,सुधारिएको चुलो जडान तथा बितरणकार्यलाइ प्रभाबकारि बनाइने नगर प्रमुख ले बताए। यसै आर्थिक बर्षमा भुमीहिन,दलित,सुकुम्बासी लाई यथा सिघ्र धनी पुर्जा बितरण गरिने नगर प्रमुख ले बताए।
कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथी मधेस प्रदेश सभा सदस्य तथा मधेस प्रदेस का निबर्तमान गृह,संचार तथा कानुन् मन्त्री राजकुमार लेखिले सप्तकोसी नगरपालिका लाई सप्तरी जिल्ल्लाकै नमुना नगरपालिका बनाउन सकिने स्थानीय सरकार प्रदेश सरकार र सरोकारवाला पक्ष एक भएर बिकासको काममा लाग्न सके नमूना पालिका बन्न सक्ने भन्दै लेखी ले बिकासिय बजेट लाई प्रदेस सरकाले ढिलो कार्यान्वयन मा ल्याउदा बिकासमा समस्या भैरहेको बताए। ३५ बर्ष मा केही नभएको भनी नया दलले हल्ला पिटिरहनु भन्दा बिगद र अहिले बिकास मा तुलना गर्न आग्रह गरे।
नगरसभामा सप्तकोसी नगरपालिकाका निबर्तमान नगरप्रमुख उत्तम गौतम,नेकपा एमाले का नगर अध्यक्ष प्रेम दाहाल , नेपाली काङ्ग्रेस का नगर अध्यक्ष युबराज खनाल,रा प्र पा ना नगर अध्यक्ष तुलाराम लुइँटेल ,जसपा का नगर अध्यक्ष रामकुमार यादब,रास्वपा का नगर सचिब बिनोद मेहता लगायतले सुझाब तथा शुभकामना मन्तव्य राखेका थिए।

