सप्तकोसी मा मुसहर समुदायका लागि २० वटा सुरक्षित आवासको शिलान्यास


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न ४ बलार्दह कामत टोलमा २० वटा सुरक्षित आवासको बिहिवार शिलान्यास गरिएको छ। बलार्दह कामत टोलमा बसोबास गर्ने मुसहर समुदायका लागि २० घरपरिवार लाई सुरक्षीत बासस्थान का लागि बनाउन लागिएको सुरक्षित आवासको एक कार्यक्रम का बिच नगर प्रमुख कृष्णप्रसाद ढकालले शिलान्यास गरेका छन। कामत टोलमा बसोबास गरिरहेका अति बिपन्न ,गरिब , दलित सुकुम्बासी हरुको पहिचान गरि घर निर्माण कार्य सुरु गरिएको शिलान्यास कार्यक्रम का प्रमुख अतिथी सप्तकोसी नगरपालिका का प्रमुख कृष्ण प्रसाद ढकाल ले बताए। नगर भित्र रहेका भुमिहिन सुकुम्बासी को थप पहिचान गरि आउदा दिनमा सबै सुकुम्बासी लाई जग्गाको मालिक बनाइने नगर प्रमुख ढकालले बताए ।कार्यक्रम मा बोल्दै शिलान्यास कार्यक्रम कि बिशिस्ट अतिथी तथा सप्तकोसी नगरपालिका कि उप प्रमुख रिता कुमारी चौधरी ले सुकुम्बासी समस्या नगरको टडकारो समस्या का रुपमा रहेकाले यसको समाधान मा नगरपालिका ले अग्रसरताका साथ काम गर्ने बताइन। कार्यक्रम मा बोल्दै सुरक्षित आवास निर्माण परियोजना को साझेदारी सस्था महुली सामुदायिक बिकास केन्द्र का निर्देशक तथा कार्यकारी सचिब प्रभुनारायण चौधरी ले हाल बीस घर बाट निर्माण सुरु गरिएको सुरक्षित आवास निर्माण परियोजना लाई थप वृद्धि गरि भुमिहिन तथा सुकुम्बासी समस्या समाधान मा महुली सामुदायिक बिकास केन्द्र केन्द्रित रहने बताए।


घरनिर्माण कार्य सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत सप्तकोसी नगरपालिका , ह्याबिटाटस नेपाल र महुली सामुदायिक बिकास केन्द्र को त्रिपक्षयी साझेदारी मा बनिरहेको सप्तकोसी नगरपालिका वडा न ४ का वडा अध्यक्ष जयराम खङ ले बताए। कार्यक्रम मा सप्तकोसी नगरपालिका का कार्यकारी अधिकृत रामदेब चौधरी , ह्याबिटाट्स नेपाल का ब्यबस्थापक बिजय प्रसाद गुप्ता कार्यपालिका सदस्य राजेन्द्र सेन्चुरी लगायत को सहभागिता रहेको थियो । निर्माण समिती का अध्यक्ष राजन सदा को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सन्चालन महुली सामुदायिक बिकास केन्द्रका कार्यक्रम सन्योजक चन्द्रनारायण चौधरी ले गरेका थिए।
