खगेन्द्र कार्की                                                       सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ हेडवान टोलमा प्रथम हेडवान मिनि महोत्सव सोमबारदेखि शुरु भएको छ।     महोत्सवबाट  संकलित रकम टोलबिकासमा खर्च गरिने भएको छ।
सप्तकोसी नगरपालिका वडा न १ मा रहेको हेडवान टोल बिकास समितिको आयोजनामा संचालित प्रथम हेडवान मिनि महोत्सवको उद्घाटन सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले रिबिन काटेर गरेका छ्न।
नेपालकै पहिलो चन्द्रनहर र पर्यटकिय स्थल हेडवानको ऐतिहासिक महत्त्व बोकेको पर्यटकिय स्थल हेडवानलाई संरक्षण गर्दै  ऐतिहासिक   स्थलको महत्त्व झल्काउदै हेडवानको चिनारी गराउदै  समग्र टोलबिकास गर्ने उदेश्यले हेडबान मिनि महोत्सव आयोजना गरिएको आयोजक हेडवान टोल बिकास समितिका अध्यक्ष दुर्गा देबि प्रधानले जानकारी दिइन।                                                                महोत्सव मा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमहरुको बेजोड प्रस्तुतिका साथै बच्चाहरुका लागि आकर्षक खेलहरु र मनोरञ्जनात्मक रोटेपिन्ङ,नाउका पिङ,काररेस लगायत आकर्षक खेलहरुका साथै विभिन्न प्रकारका खानाका परिकारहरु रहेको आयोजक समितिका संयोजक अरुण गुरुङले जानकारी दिए।
प्रथम हेडवान मिनि महोत्सव बाट संकलित रकम बाट लागू औषध न्यूनीकरण सम्बन्धि जनचेतनामूलक अभियान संचालन गरिने र हेडवान टोलमा सडक बत्ती सिसि क्यामेरा जडान गरिनुका साथै समग्र टोल बिकासमा लगानी गरिने आयोजकले जनाएको छ।

Facebook Comments Box