कक्षा १२ को बोर्ड परीक्षा जेठ १६ देखि
प्रश्नपत्र अनलाइन प्रविधिबाटै पठाइने
बागीन्युज संवाददाता
काठमाण्डौ, चैत्र ३ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बोर्ड परीक्षा आगामी जेठ १६ गते सोमबारदेखि सञ्चालन गर्ने भएको छ ।
बोर्डको यसै साता बस्ने बैठकले परिक्षा तालिका सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।
गतवर्ष झैँ यस वर्ष पनि प्रश्नपत्रहरु हरेक परीक्षा केन्द्रमा इमेलको माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ महामारीका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र विद्युतिय माध्यमबाट पठाउन शुरु गरेको हो । विगतका कमजोरीहरुलाई सुधार गर्दै यसवर्ष पनि इमेलबाटै प्रश्नहरु पठाउने तयारी भएको बोर्डले जनाएको छ । अनलाइन माध्यमबाट प्राप्त हुने प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । परिक्षा तालिका प्रकाशन पश्चात परिक्षा केन्द्र निर्धारण गरिने पनि बोर्डले जनाएको छ ।
यसवर्ष करिब ४ लाख विद्यार्थी परिक्षामा सहभागी हुनेछन् ।