सप्तकोसी / सप्तरीको सप्तकोशी नगरपालिका वडा न ८ ओद्राहामा शुक्रवार एकदिने नि: शुल्क आँखा शिबिर सम्पन्न भएको छ । सप्तकोसी नगरपालिकाले तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगरको प्राविधिक सहयोगमा नि: शुल्क आँखा शिबिर सञ्चालन गरेको छ।
सप्तकोसी नगरपालिकाले वडा नं .-८ ओद्राहा स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरमा २ सय ६९ जनाले आँखा जाँच गराएका आँखा रोगिहरुमध्ये ९५ जनालाई मोतिबिन्दुको अप्रेशनको लागि सिफारिस गरिएको सप्तकोसी नगरपालिका वडा न ८ का वडा अध्यक्ष केदार प्रसाद शाहले जानकारी दिए।

      शिबिर बाट सिफारिस गरिएका बिरामीहरुलाई मंसिर १० गते तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगरमा नि: शुल्क मोतिबिन्दुको अप्रेशन गरिने भएको छ।
तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगरले सप्तकोशीसहित अग्निसाइर नगरपालिका र कञ्चनरुप गरी तीनवटा नगरपालिकामा शिविरमा नि: शुल्क प्राविधिक सहयोग गर्ने भएको छ।                                                                       तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रुपनगरले आइतबारदेखि मंगलबारसम्म कञ्चनरुप नगरपालिकामा तीनदिने नि: शुल्क सल्यक्रिया सहितको  आँखा शिबिर सञ्चालन गर्ने भएको छ ।

Facebook Comments Box