कृतिम अभाब सृजना गरि पेट्रोलपम्प बन्द गरे १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक लगाइने


सप्तकोसी /नेपाल सरकारले पेट्रोलियम पदार्थ सर्वसाधारणलाई असहज हुने गरि बिक्रीवितरणमा कृतिम अभाव सृजना गरि पेट्रोल पम्प बन्द गर्ने पेट्रोलपम्पहरुलाई लाखौं जरिवाना सहित १५ दिन पेट्रोलियम पदार्थको वितरणमा रोक गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएपछी देशका अधिकाङस पेट्रोल पम्पहरुले पेट्रोल पम्प बन्द गरेर सर्वसाधारणलाई असहज भएको गुनासो देश भरिबाट आएपछि नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो ।
नेपाल आयल निगमले मङलबार राती १२ बजे देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाए पछि पेट्रोलपम्प संचालकहरुले पम्प बन्द गरेर बुधबार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्रीवितरण रोक्का गर्ने कानुनी प्रबन्धको ब्यबस्था गरेको छ।
संशोधित विनियमावलीअनुसार पम्प बन्द गर्ने व्यवसायीलाई तीनदेखि १० लाख जरिवाना र पाँचदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरणमा रोक लगाउने भएको छ।
निगमले विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने’ भन्ने वाक्य थप गरिएको छ ।
उक्त कसुर गरेमा पहिलोपटकलाई तीन लाख जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रोपटकलाई छ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द तथा तेस्रोपटकमा १० लाख जरिवाना र १५ दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ ।



