सप्तकोसीमा संचालित १५ औं रास्ट्रपति रनिङ शिल्डको उपाधि गै बै ज मा बि फत्तेपुर लाई
सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका मा संचालित १५ औं रास्ट्रपति रनिङ शिलको उपाधी गो बै ज मा बि फत्तेपुरले जितेको छ।
सप्तकोसी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको १५औं सप्तकोसी नगरपालिका अन्तर बिधालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सप्तकोसी नगरपालिका भित्र रहेका माध्यामिक र आधारभूत तहका गरि ३ सय ४१ विद्यार्थीले सहभागीता जनाएको प्रतियोगितामा १३ स्वर्ण,७ रजत र ४ कास्य गरी कुल २४ पदकका साथ गोवर्धन बैरागी जनता मावि फत्तेपुर प्रथम हुँदै १५ औं रास्ट्रपति रनिङ शिल्डको उपाधी जितेको छ भने ७ स्वर्ण ७ रजत र ५ कास्य गरी कुल १९ पदकका साथ नन्द उपा पब्लिक मावि ओद्राहा द्वितीय भएको छ। ३ स्वर्ण ८ रजत र ५ कास्य गरी कुल १६ पदक का साथ राष्ट्रिय मावि फत्तेपुर तेस्रो भएको छ । ३ स्वर्ण,४ रजत र ७ कास्य गरी कुल १४ पदकका साथ जनता माबी भगनी सान्त्वनामै चित्त बुझाएको छ।
मंसिर १८ गते देखि २० गते सम्म नन्द उमा पब्लिक माबी ओद्राहाको खेल मैदानमा संचालित प्रतियोगितामा मावि तर्फ छात्र छात्रा को दौड,रीले दौड,हाई जम्प,लङ जम्प सट पुट,ज्याबलिङ थ्रो र भलिबल गरी १५ वटा बिधामा प्रतियोगिता हुनेछ भने आधारभूत तह एक सय,दुई सय, चार सय मिटर दौड,हाई जम्प,लङ जम्प प्रतियोगिता सञ्चालन गरिने सप्तकोसी नगरपालिका नगर शिक्षा शाखा प्रमुख जय प्रकाश चौधरीले बताए। सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको अध्यक्षता तथा मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगिता का बिजेता उपबिजेता खेलाडी हरुलाइ मन्त्री लेखीले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा सप्तकोसी नगरउपप्रमुख रिताकुमारी चौधरी, निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा सप्तकोसी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी,वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन ,वडा न ३ का वडा अध्यक्ष देबाकान्त गोजेवार,वडा न ४ जयराम खङ,वडा न ५ गोसाई चौधरी,वडा न ६ वडा न ८ केदारप्रसाद साह , नेकपा एमाले सप्तकोसी नगर अध्यक्ष पारस दाहाल,नेकपा सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख दिनेश भुजेल सप्तकोसी नगर खेलकुद बिकास समिती अध्यक्ष सुरज खड्का , जिल्ला भलिबल संघ सप्तरीका महासचिव खगेन्द्र कार्की जिल्ला एथलेटिक्स संघ सप्तरी का पदाधिकारी लगाएत विभिन्न खेलका निर्णायकहरुको उपस्थिति रहेको थियो।