राजविराज / नेपाल पत्रकार महासंघ सप्तरी शाखा अध्यक्षमा श्रवणकुमार देब र सचीवमा खगेन्द्र कार्की निर्वाचित भएका छन ।

मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्बाचनमा अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरेका छ्न । देवका निकटतम प्रतिस्पर्धी वैद्यनाथ यादवले ३७ मत प्राप्त छन ।सचीवका उम्मेदवार खगेन्द्र कार्कीले ४९ मत प्राप्त गरि विजयी भएका छ्न ।कार्कीका प्रतिस्पर्धी जितेन्द्र झाले ३४ मत प्राप्त गरेका छ्न।
शाखाको उपाध्यक्षका उम्मेदवार अनिल पोखरेल र रामनारायण विश्वासले समान ४२/४२ मत प्राप्त गरेपछि गोलाप्रथाबाट विश्वास विजयी छन । महिला उपाध्यक्षमा सुधा देव, सचिवमा सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए ।
शाखाको महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान थिए ।

Facebook Comments Box