उत्सव आचार्य –
कञ्चनरूप, ३ पुस । सप्तरीमा अर्नाको आक्रमणबाट बुधबार बिहान एक जना वृद्धको मृत्यु भएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा अर्नाको आक्रमणबाट स्थानीय ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको हो ।
खेतमा काम गर्दै गरेका वेला कोशी टप्पुबाट आएको अर्नाले उनलाई आक्रमण गरेको स्थानीयले जनाएका छन् । अर्नाको आक्रमणबाट गम्भिर घाईते अवस्थामा फेला परेका मण्डललाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए।
उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Facebook Comments Box