मलखादको कालोबजारी विरुद्ध जनमतको राजविराजमा विरोध प्रदर्शन


सप्तकोसी /सप्तरी जिल्लामा मलखादको कालोबजारी विरुद्ध जनमत पार्टी सप्तरीले राजविराजमा बिहीवार विरोध प्रदर्शन गरेका छ।
सप्तरी जिल्लामा बिगत बर्ष झै यो बर्ष पनि व्यापक रुपमा मलखादको कालोबजारी भएकाले भएकाले कृषकले समयमा मलखद पाउन नसकेको भन्दै जनमत जनमत पार्टी सप्तरीले मलखादको कालोबजारी रोक्न दबाब दिदै बिरोध प्रदर्शन गरेको छ। जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामगमन साहको नेतृत्वमा कृषि औजारसहित राजविराजमा मलखाद डिलरले नै कालाबजारी गरेकाले विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
विभिन्न कृषि औजार सहित बिरोधमा उत्रिएका जनमतका कार्यकर्ताले मलखाद डिलरको कालाबजारी बन्द गर, किसानलाई मलखादको समस्या समाधान गर,कालाबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका नारा लगाउँदै राजविराज नगरको विभिन्न भाग परिक्रमा गरेका थिए ।
बिरोध र्यालीमा जनमत पार्टी मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, हनुमान नगरकंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव लगायतका जनमत पार्टीका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो ।किसानहरुले बालिनाली लगाउने बेलामा खादमल समयमा नपाउदा बालिनाली लगाउन नपाएक सप्तकोसी नगरपालिका वडा न १० कृषक स्याम यादबले बताए।उनका अनुसार हाम्रो जिल्ला पालिकामा समयमा मलखाद उपलब्ध नहुदा छिमेकी जिल्ला पुगेर ल्याउनु परेको गुनासो गरे।
मलखाद अभावको बिषयमा कृषि सामाग्री संस्थान कार्यालय राजविराजका प्रमुख सोनेलाल मुरमुका संग बुझ्दा हाम्रो गोदाममा ४ हजार १ सय ८६ मेटि्रकटन युरिया, २ हजार १ सय १ मेटि्रकटन डिएपी र १ सय ६ मेटि्रकटन पोटास भण्डार रहेकोमा उक्त खादमल वितरण गरिसकिएको जनाएका छ्न ।



