जनज्योती कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सम्पन्न


सप्तकोसी / सप्तरीको राजबिराज ९ मलेठमा रहेको जनज्योती कृषि सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित ग्रीन गार्डेन होटल सितापुरमा सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। २०६८ सालमा स्थापना भै एक हजार ५ सय ६ जना सेयर सदस्य रहेको सहकारी सस्थाको १३ औं बार्षिक साधारणसभामा आ ब ०८०/०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुपैया ६२ पैसा बराबरको आय- ब्याय प्रस्तुत गरिएको थियो। जनज्योति कृषि सहकारी संचालक समिति अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा भएको साधारणसभामा राजबिराज नगरपालिकाका मेयर भिमराज यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरी, सहकारी बैंक मधेस प्रदेश प्रमुख विष्णु प्रसाद पराजुली, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देव,त्रियुगा बहुमुखी सहकारी संस्था लिमिटेड फत्तेपुरका अध्यक्ष चन्द्रशेखर चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
सहकारीको १३ औं बार्षिक साधारणसभामा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष बिश्वनाथ मन्डल संस्थाले सामाजिक, आर्थिक रुपान्तरण र वित्तीय समृद्धिका लागि उल्लेखनीय कार्य गरिरहेको बताए ।
सहकारीको बार्षिक साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ सप्तरी शाखामा नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने विभिन्न महानुभाबलाइ सम्मान गरेको छ।



