सप्तकोसी /जनज्योती कृषि सहकारी संस्था  राजविराज ९ मलेठले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।                                सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभाको अवसारमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुरमा शनिबार आयोजित एक कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका नव निर्बाचित १२ जना पदाधिकारीलाई सम्मान पत्र र गम्छा ओढाएर प्रशंसा पत्र द्वारा सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा महासंघ शाखा अध्यक्ष श्रवण कुमार देव,महिला उपाध्यक्ष सुधा देव, सचिव खगेन्द्र कार्की,सह सचिव कृष्णा मण्डल,समावेशी सह सचिब डम्मर राई कोषाध्यक्षमा नविन कुमार गुप्ता र सदस्यहरुमा बृजमान तामाङ, रक्षा चौधरी, अरुण कुमार यादव, परिष कुमार कर्ण, रामनारायण यादव,नर्मदेव यादव रहेका छन् ।
सम्मानित पदाधिकारीहरुलाइ सहकारी संचालक समिति अध्यक्ष बिश्वनाथ मण्डलले  गम्छा, माला लगाएर तथा प्रशंसा पत्रद्वारा सम्मान गरेका छ्न।

Facebook Comments Box