सप्तकोसी नगरपालिका वडा नं १०ले गर्यो जेष्ठ नागरिक सम्मान


सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १० ले वडामा रहेका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ। सप्तकोसी नगरपालिका वडा नं १० भगनी को सभाहलमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रम मा वडा भित्र रहेका ६८ वर्ष माथिका एक सय पन्ध्र जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। सप्तकोसी नगरपालिका वडा न १० मा रहेका जेष्ठ नागरिकलाइ कार्यक्रम का प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकाल, नगर उप प्रमुख रिता कुमारी चौधरी ले सिरक, झुल र गम्छालेजेष्ठ नागरिक लाई सम्मान गरिएको सप्तकोसी नगरपालिका वडा न १०का वडा अध्यक्षहरिलाल साहले जानकारी दिए ।
सप्तकोसी नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिलाल साह को अध्यक्षता मा सम्पन्न कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद ढकाल,उपप्रमुख रिताकुमारी चौधरी टोल विकास समिति का पदाधिकारी,विभिन्न पार्टी प्रतिनिधि , स्थानिय बासिन्दा शिक्षक लगायतको उपस्थिति रहेको थियो।

