पत्रकार महासंघका निर्बाचित पदाधिकारीलाई नेकपा एमाले सप्तरी द्वारा सम्मान


सप्तकोसी /नेपाल पत्रकार महासंघ सप्तरीका नव निर्बाचित पदाधिकारीलाई नेकपा एमाले सप्तरी जिल्ला कमिटीले बुधबार सम्मान गरेको छ । नेकपा एमाले सप्तरी जिल्ला कमिटी द्वारा आयोजित नेपाल पत्रकार महासंघ सप्तरीका नव निर्बाचित पदाधिकारी लाइ बधाई तथा सम्मान कार्यक्रममा मङ्सिर २८ सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन बाट निर्बाचित पत्रकार महासंघ सप्तरीका पदाधिकारी मधेस प्रदेशका पदाधिकारी, प्रदेश परिषद सदस्य तथा केन्द्रिय परिषद सदस्यलाई सम्मान गरेको छ। नेकपा एमाले सप्तरी जिल्ला उपाध्यक्ष अव्दुल मज्जीत साकिरको अध्यक्षता तथा एमाले पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा राजविराजमा आयोजित एक कार्यक्रममा नवनिर्बाचित पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष अम्विका दाहल, सप्तरी जिल्ला अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष सुधा देव,, सचिव खगेन्द्र कार्की, सह सचिब कृष्ण कुमार मण्डल, समाबेसी सहसचि डम्बर राई, कार्यसमिति सदस्य बृजमान तामाङ, रक्षा चौधरी, अरुण कुमार यादव, परिष कुमार कर्ण, नर्मदेव यादव शिवप्रसाद आचार्य, उत्तम प्रसाद आचार्य, रामनारायण यादव र राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, प्रदेश परिषद सदस्य गणेशलाल देव, नरेश कुमार चौधरी, शैलेन्द्र झा, लोकेन्द्र यादव लगायतकालाई प्रमुख अतिथि सुमन प्याकुरेलले सम्मान पत्र, टीका र गम्छा ओढाएर सम्मान गरेका छन् ।
सम्मान ग्रहण गर्दै नव निर्बाचित महासंघ सप्तरी सचीव खगेन्द्र कार्की:- तस्बिर सप्तकोसी सेरोफेरो


कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सप्तरी इन्चार्ज सुमन प्याकुरेलले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिंदै पत्रकारहरुको पेशागत सुरक्षा र पत्रकारिता क्षेत्रको समग्र विकासमा नेकपा एमालेलेको सदैव सहयोग रहेको र आगामी दिन अझ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरुलाई एमालेको आलोचनात्मक र कमिकमजोरिका समाचार सम्प्रेषण गरि सचिन झक्झकाइ दिन आग्रह गर्दै नेकपा एमाले जिल्लाको विकास तथा समृद्धिका लागि पत्रकारहरुसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले पत्रकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै पत्रकारहरुको क्षमता विकास तथा संस्थागत विकासमा सहयोगका लागि आग्रह गरे । उनले अघिल्लो कार्यकालमा पूर्वाधारमा राम्रो काम गर्न सफलता हाँसिल भएपनि मिडियाको वृत्ति विकासका काम गर्न नसकिएको स्वीकार गरे । आर्थिक अभाव खेपिरहेका मुलधारका मिडियाहरुको सवलीकरण गर्ने तथा श्रमजीवी पत्रकारको हकहित हुने योजनाकासाथ नयाँ कार्यसमिति अगाडि बढ्ने बताउँदै अध्यक्ष देवले प्रदेश सरकार तथा स्थानीय सरकारले दिने विज्ञापनका लागि आबश्यक पहल गरिदिन भन्दै नेता प्याकुरेलको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्विका दाहाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित सचिव खगेन्द्र कार्की, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्णलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

