सप्तकोसी वडा नं १ द्वारा राष्ट्रिय मा बि फत्तेपुरका विद्यार्थीलाइ न्यानो कपडा बितरण


सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ ले राष्ट्रिय मा बि फत्तेपुरका विद्यार्थीलाइ न्यानो कपडा बितरण गरेको छ। सप्तकोसी नगरपालिका वडा नं १ को बार्षिक बजेट बाट फत्तेपुरमा रहेको राष्ट्रिय मा बि फत्तेपुरका विद्यार्थीहरुलाइ शुक्रबार न्यानो कपडा बितरण गरेको हो । राष्ट्रिय मा बि फत्तेपुरमा मा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा राष्ट्रिय मा बि फत्तेपुरमा बाल कक्षा देखि कक्षा ७ सम्म अध्यनरत २ सय ८ जना छात्र छात्रालाइ न्यानो कपडा ट्र्याकसुट बितरण गरिएको सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणीप्रसाद पोखरेलले जानकारी दिए।
न्यानो कपडा बितरण कार्यक्रममा प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद ढकाल, नगर उप प्रमुख रिता कुमारी चौधरी, सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल बिधालय ब्याबस्थापन समिती अध्यक्ष नारायणप्रसाद आचर्य लगायतले विद्यार्थीलाई ट्र्याकसुट बितरण गरेका थिए।
न्यानो कपडा बितरण कार्यक्रममा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकाल,उपप्रमुख रिताकुमारी चौधरी, वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल,वडा सदस्य हरु,बिधालय ब्याबस्थापन समिति अध्यक्ष नारायणप्रसाद ब्याबस्थापन समिति पदाधिकारी, स्थानिय बासिन्दा शिक्षक लगायतको उपस्थिति रहेको थियो।



