सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर मा रहेको त्रियुगा बहुमुखी सहकारी सस्था को २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
सप्तरीको फत्तेपुरमा २०३३ सालमा स्थापना भै सप्तरीको सप्तकोसी नगरपालिकाको ११ वटै वडा र कन्चरुप नगरपालिका को वडा न ६ र ७ लाइ कार्यक्षेत्र बनाइ काम गर्दै आएको सहकारीको २३ औं बार्षिक साधारणसभा सम्ममा महिला पुरुष गरि  ४ हजार १ सय ५७ जना सेयर सदस्य रहेका छ्न।  ७२ करोड २० लाख ४४ हजार ८ सय १८ रुपैया कुल पूंजी रहेको सस्थाले आ. ब. २०८०/०८१ मा ७९ लाख ७० हजार ५ सय ६७ रुपैयाँँ खुद मुनाफा गरेको सस्थाको अध्यक्षको प्रतिबेदन मा उल्लेख गरिएको छ।

    सहकारी ले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै पशुपालक किसानहरु लाई ध्यान मा राखि विभिन्न ठाउहरु दुग्ध डिपो संचालन गरि किसानहरुलाइ दुग्ध खरिद बिक्री बितरण, मल खाद्य बीउ बिजन,चोकर दुध का विभिन्न परिकार बनाइ बिक्री बितरण गरि उपभोक्ता हरुलाइ सेबा दिदै आएको छ। सेयर सदस्य हरु को माग लाई ध्यान मा राख्दै सहकारीले एम्बुलेन्स सेबा कृषक हरुको लागि खेत जोत्ने ट्याकटर,धान काट्ने मेसिन लगायतको सेवा प्रदान गर्दै आएको छ। सहकारी द्वारा संचालित डिपार्टमेन्ट स्टोर मा खाद्यान्न ,कस्मेटिक,जुस,दुग्ध जन्य पदार्थ लगायत का दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउदै आएको छ। गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गरि सेयर सदस्यहरुलाइ आवश्यकता को आधारमा कर्जा प्रबाह गरि सेयर सदस्य हरु लाई सेबा दिदै आएको सस्था का ब्याबस्थापक दिपक कार्की ले जानकारी दिए।

    साधारण सभा मा सस्थाका संचालक समिति अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्ष रहेको कार्यक्रम मा मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिहको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ। सहकारीको २३ औं बार्षिक साधारणसभामा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल,राष्ट्रिय सहकारी बैंक राजबिराजका संचालक समिती तथा जनज्योति कृषि सहकारी सस्था राजबिराजका अध्यक्ष बिश्वनाथ मन्डल,जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोदकुमार दत्त लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box