सप्तकोसी /फत्तेपुर बहुउद्देश्यीय सहकारी सस्था को १९ औं बार्षिक साधारणसभा दुई पत्रकार र एक कर्मचारीलाई सम्मान गर्दै  आइतबार सम्पन्न भएको छ।                                                 सप्तरीको साबिक फतेपुर,ओद्रहा,कमलपुर,कंचनपुर ,जगतपुर र धरमपुर लाई कार्यक्षेत्र बनाइ २०५६ साल मा स्थापना भएको सहकारीमा १४ सय ४७ जना सेयर सदस्य रहेका छ्न ।सहकारीको बार्षिक साधारणसभा मा मङ्सिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सप्तरी शाखा सचीवमा निर्बाचित खगेन्द्र कार्की र कार्यसमिति सदस्यमा निर्बाचित शिबप्रसाद आचर्यलाइ दोसल्ला ओढाएर सम्मान र सहकारी स्थापना कालदेखि सस्थामा रहि उत्कृष्ट कार्यसम्पादन गरि सस्थालाइ अगाडि बढाउने उत्कृष्ट कर्मचारी किरण भट्टराईलाई सम्मान पत्रसहित दोसल्ल ओढाएर सम्मान गरिएको छ।

सहकारीको बार्षिक साधारणसभामा संचालक समिती अध्यक्ष पारस दहालले सस्थाको अध्यक्ष प्रतिबेदन र सस्थाका लेखा समिती संयोजक हरि थापाले सस्था को आ.ब.२०८/०८१ को ३२ करोड ६२ लाख ६६हजार ६ सय ९३ रुपैया ६२ पैसा बराबर को आय-ब्याय प्रस्तुत गरेका थिए। सहकारीले किसान हरुको जीवन स्तर उकास्ने उदेश्य राखी पशुपालन, कृषि ब्याबसाय लाई सहुलियत ब्याज दर मा कर्जा उपलब्ध गराउनु का साथै किसान हरु लाई मलखाध बिउबिजन लगायतका सेवा उपलब्ध गराइ सहयोग गर्दै आएको सहकारीले कृषकहरुको सुबिधा लाइ ध्यानमा राखि खेत जोत्ने बारि जोत्ने ट्रयाक्टर धानकाट्ने मेसिनको सहुलियत दरमा सेवा उपलब्ध गराउदै सिमेन्ट खाना पकाउने ग्यासको समेत सेवा दिदै आएको छ ।गाउँ मा छरिएर रहेको पूंजीलाई संकलक को माध्यम बाट घर घर मा पुगि दैनिक बचत संकलन गर्दै सेयर सदस्यहरुला बचत तथा सहुलियत कर्जाको सेवा दिदै आएको सस्था का ब्याबस्थापक दयाराम भट्टराईले ले जानकारी दिए ।

“सहकारीमा सुशासन :प्रबिधि र एकीकरण ” भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा सस्थाका संचालक समिति अध्यक्ष प्रेमकुमार दहाल (पारस) को अध्यक्षता मा र नेपाल सरकार पुर्व खेलकुद मन्त्री सत्यनारायण मन्डलको प्रमुख आतिथ्यता मा सम्पन्न भएको थियो।साधारणसभा को उद्घाटन कार्यक्रममा बोल्दै मन्डलले भने सामाजिक तथा आर्थिक रुपान्तरणमा सहकारी संस्थाहरुले अहम भूमिका निर्वाह गरेको बताएका छन्। कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णप्रसाद ढकालले सामाजिक क्षेत्रमा सहकारी संस्थाहरुले महत्त्वपूर्ण योगदान दिएको बताउदै स्थानीय सरकार सहकारी संग सहकार्य गरेर जाने र सहकारीको माध्यमले धेरैले रोजगारी पाउनुको साथै सर्वसाधारणहरुको जीवनस्तर उक्सेको बताए  सहकारीले गरिबी र बेरोजगारी समस्या केही हदसम्म न्यूनीकरणमा मद्दत पुगेको र सहकारी संस्थाहरुको विकास र ब्यबस्थापनका लागि सदैब आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा सहकारी समन्वय संघ सप्तरीका अध्यक्ष बिश्वनाथ न्यौपाने, राष्ट्रिय सहकारी बोर्डका पुर्व संचालक समिति सदस्य शम्भु बहादुर खडका त्रियुगा बहुमुखी सहकारी सस्थाका अध्यक्ष  चन्द्रशेखर चौधरी, लगायतले शुभकामना मन्तव्य राखेका थिए।

Facebook Comments Box