संघियता कार्यनयनमा सञ्चारकर्मीहरुको अहम भुमिका रहनु पर्ने:- मन्त्री लेखी
सप्तकोसी /मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले संघियता कार्यनयनमा सञ्चारकर्मीहरुको अहम भुमिका रहनु पर्ने बताएका छन् । मधेश प्रदेश गृह संचार तथा कानुन मन्त्रालय आम सञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा राजबिराजमा सोमबार आयोजित साइबर सुरक्षा र ए. आई. सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री लेखिले ब्यबस्था परिवर्तन र संघियता कार्यनयनमा सन्चारकर्मिहरुले अहम भुमिका खेल्नु पर्ने बताएका छ्न ।
अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले यो देशमा संघिय लोकतन्त्र स्थापना गर र राजनीति परिवर्तनमा पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेकोले संघियता कार्यनयनमा पनि महत्त्वपूर्ण भुमिका संचारकर्मिहरुले खेल्नु पर्ने बताए । संचारकर्मि र संचार माध्यम प्रति आमजनताले ठूलो आशा, भरोसा र विश्वास गरेकाले संचारकर्मिहरु थप जिम्मेवार, मर्यादित हुँदै अधिकतम प्रविधिको उपयोग गरि समाचार सम्प्रेषण गर्नु हुन सम्पुर्ण संचारकर्मिहरुला आग्रह गरेका छ्न ।
आमसंचार प्राधिकरण मधेस प्रदेश अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उदेश्य माथी जानकारी दिदै आधुनिक प्रबिधिको प्रयोग गर्दै पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनु पर्ने भएकाले संचारकर्मिलाइ प्रविधि प्रयोग बारे ज्ञान दिने उद्देश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यक्रमले साइबर अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास बताए ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य अवधेश कुमार झाले आर्थिक समस्याले पत्रकारहरुले आवश्यक उपकरणको प्रयोग गर्न नपाएको गुनासो गर्दै आवाश्यक उपकरण उपलब्ध गराइ दिनुहुन प्रदेश सरकारलाई आग्रह गरे।
अभिमुखिकरण कार्यक्रममा जीवन अधिकारी र प्रकाश मैनालीले सहजीकरण गर्दै साइबर अपराध र ए. आई. प्रविधिको महत्त्व र आवश्यकता बारे जानकारी गराएका थिए।