सप्तकोसी /नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीको बुधबार पदस्थापना भएको छ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् निर्वाचन समितिका संयोजक वैद्यनाथ झाको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित पदस्थापना, सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरि पदास्थापना गरेका छ्न ।

      नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक झाले नवनिर्वाचित शाखा अध्यक्ष श्रवणकुमार देब ,उपाध्यक्ष रामनारायण बिश्वास, महिला उपाध्यक्ष सुदा देब,सचिब खगेन्द्र कार्की लगायत पदाधिकारीलाई निर्बाचित भएको प्रमाणपत्र बितरण र गम्छा ओढाएर पदास्थापना गराएका थिए ।

नबनिर्बाचित पदाधिकारीको पदास्थापना पछि शाखा अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारहरूका लागि निरन्तर सहयोग गर्दै आएको बताउदै पत्रकारको बृत्ती बिकासका लागि आफु गम्भीर रहेकाे र पत्रकारहरुकै हितका लागि मधेश प्रदेशका पत्रकारहरूलाई १ लाखकाे स्वास्थ्य बिमा र ७ लाखकाे दुर्घटना बिमा कार्यक्रम शुरु गरिएको बताए।कार्यक्रममा बोल्दै शिहले पत्रकारहरूले जहिलेपनि सकरात्मक बिचार, भावना राखेर समाचार सम्प्रेषण गरिदिन आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य माला कुमारी कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता कुमारी साह, राजु विश्वकर्मा, प्रदेश उपाध्यक्ष अम्विका दाहाल, सप्तरी शाखा पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, वैद्यनाथ झा, मुरली प्रसाद यादव, व्यासशंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, सल्लाहकार वैद्यनाथ यादव सप्तरी जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमण साह, नेपाल प्रेस युनियन सप्तरी अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल कुमार पोखरेलले शुभकामना मन्तव्य राखेका थिए।
महासंघको पदस्थापना कार्यक्रमको अवसरमा सप्तरी बाट केन्द्रीय सदस्यमा नवनिर्वाचित सदस्य ललिता साह, राजु विश्वकर्मा, प्रदेश उपाध्यक्ष अम्बिका दाहाललाई सम्मान पत्रद्वारा सम्मान गर्दै निवर्तमान पदाधिकारीहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

Facebook Comments Box