सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ पत्तेपुरमा रहेको विपन्न महिला उत्थान कृषि सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।                  संस्थाकी अध्यक्ष नरदेवी कार्कीको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न भएको छ ।
भगवती मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष नरदेवी कार्कीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाकी लेखासमिती संयोजक राजकुमारी लेखीले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले कारोबार गरेको ५ करोड ९६ लाख बराबर को आयव्याय सार्वजनिक गरेकी थिइन्।
कार्यक्रमका प्रमुख नगर प्रमुख ढकाल, उपप्रमुख रिता कुमारी चौधरी, त्रियुगा सहकारीका अध्यक्ष चन्द्र शेखर चौधरी, फत्तेपुर बहु उद्देश्य सहकारी संस्थाका अध्यक्ष पारस दाहाल,कोशी पीडित समाजका प्रमुख देव नारायण यादव लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सप्तकोसी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रोहिणी पोखरेल,वडा नम्बर ३ का वडा अध्यक्ष देबाकान्त्त गोजेवार,वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन,वडा नम्बर ९ का वडा अध्यक्ष राजेन्द्र प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।
सप्तकोसी नगरपालिका भरी कार्य क्षेत्र रहेको संस्थामा हाल तीन सय अन्ठाउन्न शेयर सदस्य रहेको संस्थाले हाल बचत ऋण,मलखाद,बीउ बिजन,कोसेली घर लगायत कारोबार गर्दै आई रहेको छ ।

Facebook Comments Box