सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नं १ मा रहेको मनकामना बहुमुखी सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार  सम्पन्न भएको छ।
सस्थाकी कार्यबाहक अध्यक्ष हिराकुमारी खत्रीको अध्यक्षतामा तथा सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल को प्रमुख आतिथ्य मा सम्पन्न साधारण सभा मा बोल्दै नगर प्रमुख ढकाल ले सहकारी संस्थाहरुले कृषि,पशुपालन,तरकारी खेती,धान का ब्लक जग्गा , दूध व्यवसाय लाई प्राथमिकता मा राखेर लगानी गर्न आब्वाहन गर्नु भयो। नगरले नीति तथा कार्यक्रम बनाउँदा सहकारी संग मिल्दो र सहकारी संग सहकार्य गर्ने खालको बानाउने बताउनु भयो।
कार्यक्रम मा संस्थाका की कार्यबाहक अध्यक्ष हिरा कुमारी खत्रीले अध्यक्ष को प्रतिवेदन सार्वजनिक गर्नु भयो भने संस्थाका लेखा कमिटी संयोजक मो नेसार अहमद ले आर्थिक वर्ष २०८१/०८२ को भएको कारोबार रकम १४ करोड २४ लाख ८१ हजार २सय ६८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रम मा सप्तकोसी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल,त्रियुगा सहकारी का अध्यक्ष चन्द्र शेखर चौधरी, संस्थाकी पूर्व उपाध्यक्ष सरस्वती कार्की,शेयर सदस्यको तर्फ बाट संगिता विष्ट, भरत पौडेल,सहकारी विकास बोर्ड का पूर्व सदस्य शम्भु बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सप्तकोसी नगरपालिका र कंचनरुप नगरपालिका मा कार्यक्षेत्र बनाएर काम गर्दै आइरहेको सहकारीमा हाल ५ सय ५६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रम संस्थाका जेष्ठ शेयर सदस्य हरुलाई सम्मान गरिएको थियो।
कार्यक्रम मा सप्तकोसी नगरपालिका की नगर उप प्रमुख रिता चौधरी, वडा अध्यक्ष जाहिर हुसेन, जितन चौधरी,राजेन्द्र प्रसाद यादव लगायत को उपस्थिति रहेको थियो। शुक्रबार सम्पन्न साधारण सभा ले संस्थाका अध्यक्ष अशोक चौधरी को निधन भए पछि खाली रहेको अध्यक्ष पद मा लेखा समिति संयोजक मो नसार अहमद लाई अध्यक्षमा मनोनयन गरिएको छ।

Facebook Comments Box