सप्तकोसी नगरपालिका मा बेथिति बढेको भन्दै चार दलले बुझाए नगरप्रमुखलाई१२ बुँदे ज्ञापनपत्र
सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका मा बेथिति बढेको भन्दै नेकपा एमाले सहित चार दल द्वारा नगरप्रमुख लाई बुधबार १२ बुँदे ज्ञापन पत्र बुझाएका छन्।
नेकपा एमाले का नगर अध्यक्ष पारस दाहाल,राष्ट्रिय प्रजातन्त्र पार्टी का नगर अध्यक्ष जय प्रसाद ढुंगाना ,राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष मान प्रसाद लुइँटेल र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का नगर अध्यक्ष गुणराज कोइराला द्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा नगरपालिका ले गरेका कार्यहरू सन्तोषजनक र पारदर्शिता नभएको उल्लेख गरिएको छ। नगर को प्रशासनिक तथा विकासिय कार्यहरूमा जवाफदेहिता नभएको भनी भनिएको ज्ञापन पत्रमा नगरले बाढी पीडित का लागि आएको राहत सामग्री मनोमानी किसिमले वितरण गरेको जनाइएको छ।
विज्ञप्तिमा नगरको स्वास्थ्य क्षेत्रमा राज्य द्वारा तोकिएका औषधिहरू तत्काल उपलब्ध गराउनु पर्ने ,वडा नं १ मा रहेको स्वास्थ्य चौकीमा रहेको भिडियो एक्सरे र अन्य उपकरण हरु सञ्चालन मा ल्याउने पर्ने , जटिल किसिमका बिरामीहरुका लागि राज्यले उपलब्ध गराउँदै आएको सुविधा रकम सहज रुपमा उपलब्ध गराउनु पर्ने , नगर भित्र का विद्यालय मा शैक्षिक गतिविधि खस्किँदै गएको,दिवा खाजामा पारदर्शिता नभएको जस्ता कुराहरू उल्लेख छन्। नगर भित्र निर्माण भइरहेका नगर अस्पताल,नगर को प्रशासनिक भवन निर्माण सम्पन्न नभई सञ्चालन मा ल्याउनु ,निर्माण को खर्च विवरण सार्वजानिक गर्न चार दल ले माग गरेका छन्।
नगर भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन लाई गुडिरहेको समय मा रोकी सवारी शुल्क उठाउनु गैरकानुनी रहेको जनाउँदै ज्ञापन पत्रमा कर असुली रोक्न माग गरेका छन्।नगरपालिका ले प्रयोग गर्ने सवारी साधनमा ,इन्धन, मर्मत जस्ता कार्यहरू मा जनप्रतिनिधि लापरवाही तरिकाले प्रयोग गर्ने गरेको हुनाले यसको रोकथाम गर्न ज्ञापन पत्रमा माग गरिएको छ। नगरपालिका को बिकासिय बजेटहरु फ्रिज हुँदै जानानले नगरपालिका विकास को दृष्टिमा थप पछि पर्ने हुनाले के कति कारण ले कार्यान्वयन हुन सकेन भन्दै चार दले कारण माग गरेका छन् ।
चार दल द्वारा जारी ज्ञापन पत्र ग्रहण गर्दै नगर प्रमुख कृष्ण प्रसाद ढकाल ले चार दल द्वारा नगरपालिका लाई सजग गराउन र नगर को विकासमा चासो सहित ज्ञापन पत्र दिनु भएको मा नगर को यसमा ध्यानाकर्षण भएको भन्दै यसको अक्षरस पालना मा नगर कटिबद्ध रहेको बताए।