सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा नं ४ बालार्दहका १८ घर भुमिहिन दलित परिवार लाई बिहिवार सुरक्षित आवास बितरण गरिएको छ।
सप्तकोसी नगरपालिका वडा न ४ बलार्दह कामत टोलमा बसोबास गरिरहेका १८ घर भूमिहीन दलित परिवारलाई एक कार्यक्रमका बीच सुरक्षित आवास वितरण गरिएको छ।
सप्तकोसी नगरपालिकाको समन्वयमा महुली सामुदायिक विकास केन्द्र सप्तरी र ह्याबिट्याट फर हुम्यानिटिज को संयुक्त साझेदारीमा निर्माण सम्पन्न गरी बिहीबार हस्तान्तरण गरिएको सुरक्षित आवास निर्माण अनुगमन समिति का संयोजक तीर्थराज चौधरी ले बताए।
सुरक्षित आवास बितरण कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल ले गरीब दलित तथा भूमिहिन परिवारलाई निस्सा सहित को आवास निर्माण मा नगरपालिका दृढ रहेको बताए।
दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्दै आएका भूमिहीन मुसहर समुदाय लाई शौचालय,खानेपानी,बिजुली,बाधारुम सहित को दुई कोठे घर वितरण गरिएको अनुगमन समितिका संयोजक चौधरीले बताए। कार्यक्रम मा सप्तकोसी नगरपालिका की नगर उपप्रमुख रिताकुमारी चौधरी, वडा न ४ का वडा अध्यक्ष जयराम खंग ,वडा सदस्य शिवनारायण बडहि,महुली सामुदायिक का प्राविधिक ताराकान्त चौधरी,ह्याबिट्याट नेपाल का पंकज साह लगायतको कार्यक्रममा सहभागिता रहेको थियो।

Facebook Comments Box