समाजबादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष सुवेदी सहित दर्जनौं पत्रकार प्रेस चौतारीमा प्रवेश

सप्तकोसी / समाजबादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहित दर्जनौं पत्रकार शुक्रबार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छ्न।
नेकपा एमालेबाट माधव नेपालहरू विभाजित भै निर्माण भएको एकीकृत समाजबादी निकट समाजबादी प्रेस संगठनका संस्थापक अध्यक्ष विश्वमणि सुवेदी सहित दर्जनौं पत्रकारहरु पुरानै घर एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेका छ्न।

बागबजारको होटल हार्दिकमा आयोजित कार्यक्रममा सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा फर्केका छ्न। अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरू प्रेस चौतारीमा फर्किएपछि प्रेस संगठन समाप्तिको बाटो तर्फ अघि बढेको छ । चौतारीमा प्रवेश गर्दै सुवेदी भने अब प्रेस संगठन र माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीनै समाप्त हुने बताए। सुवेदी विभाजित भएर जानु अघि प्रेस चौतारी नेपालको उपाध्यक्ष रहेका थिए ।
कार्यक्रममा बोल्दै सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप गर्दै यस्तो विकृति देख्दा आफूलाई पहिलेदेखि नै सो पार्टी र संगठन छाड्न मन लागेको भए पनि संगठनको अधिवेशनमा आफू अध्यक्ष निर्वाचित भएपछि निर्वाचित भएका साथीहरू समेत लिएर चौतारीमा आउन केही ढिलाइ गरेको उनले बताए। प्रेस संगठनका ९० प्रतिशत पत्रकारहरू प्रेस चौतारी नेपालमा चौतारीको महाधिवेशन अगाडि नै आउने उनले जानकारी दिए ।
सुवेदीले आफू कुनै कुरा आस गरेर प्रेस चौतारी नेपालमा नआएको बताउनुभयो । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्ने गरी काम गर्ने सुवेदीले बताए । संगठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने सुबेदीले बताए ।
