सप्तकोसी /सप्तकोसी नगरपालिका भित्र भएका बेथितिको           बिषयमा चार दल ले बुझाएको ज्ञापन पत्रको लिखित जबाफ           सप्तकोसी नगरपालिका का नगर प्रमुख कृष्णप्रसाद                    ढकालले मंगलबार दिएका छन्।
सप्तकोसीमा क्रियासिल नेकपा एमाले, नेकपा       माओबादी,राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सहित चारदल द्वारा बुझाइएको ज्ञापन पत्र को लिखित जवाफ दिएका छन।   नगरप्रमुख ढकालले ४ दलको माग लाइ सम्बोधन हुने लिखित जबाफ सहित मौखिक प्रतिबद्धता जनाउदै दिँदै बाढी पीडित लाई वितरण गरिएको राहत विश्व खाद कार्यक्रम अन्तर्गत वितरण भएको र पीडित को नामावली उपल्द्ध भए पछि सार्वजानिक गरिने, स्वास्थ्य चौकी फत्तेपुर मा उपलब्ध भएका उपकरण हरुको सञ्चालन मा आवश्यक जनशक्ति व्यवस्थापन गरी सञ्चालन मा ल्याइने लगायत चार पेज लामो जवाफ मा नगर प्रमुख ढकाल ले नगर मा अपुग शिक्षक को विज्ञापन भै सकेको र आवश्यकता अनुसार पद पूर्ति गरिने, दिवा खाजा का लागि बार्षिक एक सय असी दिनका लागि संघीय सरकार को तर्फ बाट १५ रुपैयाँ र नगर ले ५ रुपैयाँ थप गरी रु २० को दिवा खाजा को व्यवस्था गरिएको र सोहि अनुसार बिधालय मा कार्यनयन भए नभएको अनुगमन गरिने बताए। नगर कार्यपालिका को कार्यापालिका भवन भित्र हुँदै गरेका काम कारवाही को हरहिसाब  चाडै उपलब्ध गराउने तथा नगरका वीकासिय कामको सार्वजानिक सुनवाई चाडै गरिने प्रतिबद्धता जनाउदै नगर प्रमुख ढकाल ले बाटो छेकी सबारि कर उठाउने कार्य तत्काल निरुत्साहित गरिने बताए।

                                   सप्तकोसी नगरपालिका मा रहेका ४ दलले बुझाएको ज्ञापनपत्रको नगरप्रमुख ढकाल ले दिइएको लिखित जवाफ चित्त बुझ्ने खालको नभएको भन्दै एमाले नगर अध्यक्ष पारस दाहाल,नेकपा माओबादि नगर अध्यक्ष गुणराज कोइराला लगायत दलका प्रतिनिधिहरुले असहमति जनाउदै दलहरुले राखेको १२ बुदे ज्ञापनपत्रको जबाफ पालिकामा खर्चहुने सबारिसाधनको इन्धन खर्च लगायतको हरहिसाब सहित कामकारोबार सार्वजानिक गर्न आग्रह गरेका थिए। कार्यक्रम मा नेकपा एमाले प्रदेश कमिटी सदस्य उत्तमकुमार शर्मा सप्तकोसी नगर अध्यक्ष पारस दहाल,नगर सचिव राम प्रसाद यादव , अनेम संघ की जिल्ला उपाध्यक्ष सर्मिला खड्का,राप्रपा काे तर्फ बाट जय प्रसाद ढुंगाना ,माओबादी बाट नगर अध्यक्ष गुणराज कोइराला सहित एजेट लामा,दीपक लेखी ,रवीन्द्र चौधरी, रा स्व पा बाट नगर अध्यक्ष मान प्रसाद लुइँटेल,प्रत्रकार महासंघ सप्तरीका सचिव खगेन्द्र कार्की,सदस्य शिबप्रसाद आचर्य सप्तकोसी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष हरु लगायत का को उपस्थिति रहेको थियो।

Facebook Comments Box