रिटर्नी फेडेरेसनको सप्तकोसी नगर अध्यक्षमा बिपिन चौधरी चयन


सप्तकोसी / नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसनको नगर अध्यक्षमा बिपिन चौधरी चयन भएका छन। रिटर्नी फेडेरेसनको मंगलबार सप्तकोसी ४ ओद्राहामा भएको दोस्रो नगरअधिबेशन बाट बिपिन चौधरीको अध्यक्षतामा १३ सदस्य रिटर्नी फेडेरेसन नेपाल सप्तकोसी नगर कमिटी गठन गरिएको छ ।
नेकपा एमालेको जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल वैदेशिक रोज़गार वाट फर्केका युवायुवतिहरुको संगठन सप्तकोसी नगर अधिबेशन बाट चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। रिटर्नीको नगर उपाध्यक्षमा बिष्णु लुइँटेल सचीव निरन्जन चौधरी सह सचिब तिलमेस्वर महतो गरि १३ सदस्य रहेको नगरकमिटि चयन गरेको छ। रिटर्नी फेडेरेसन नेपाल केन्द्रिय सचिब सरिता चौधरीको अध्यक्षता तथा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा सप्तरी क्षेत्र न १ (क) का इन्चार्ज वसन्त मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नगर कमिटी गठन गरेको हो।

कार्यक्रम मा नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु बसन्त मिश्र उत्तमकुमार शर्मा, नेकपा एमाले नगरकमिटि अध्यक्ष पारस दहाल ,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो।



