फत्तेपुरमा ७ दिने उद्घोषण तालिम शुरु


सप्तकोसी/सप्तरीको सप्तकोसी नगरपालिका वडा १ फत्तेपुर ७ दिने उद्घोषण तालिम सोमबार देखि शुरु भएको छ।
सप्तकोसी नगरपालिका वडा न १ को आयोजनामा संचालित ७ उद्घोषण तालिमको उद्घाटन एक कार्यक्रमका बिच सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले ब्यानर बाचन गरेर गरेका थिए। सप्तकोसी नगरपालिका वडा न १ को ११ वटा टोलबिकास बाट २२ जनाको सहभागिता रहेको तालिमको सहजीकरण जितेन्द्र न्यौपानेले ७ दिन सम्म गर्ने भएका छ्न। सप्तकोसी नगरपालिका वडा न १ कि वडा सदस्य सिताकुमारि चौधरीको अध्यक्षता तथा सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की तालिमका प्रशिक्षक जितेन्द्र न्यौपाने पत्रकार नेत्र सुनवार र तालिममा सहभागी संगीता बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए।

