सप्तकोसी / उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाडामा जारी १० औं नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको दोस्रो खेलमा आयोजक बसाहा क्लबलाई हराउँदै झापा विजयी भएको छ।
खेलशुरु भएको पहिलो हाफको निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएको खेलको दोसो हाफको ७९ औं मिनेटमा गोल गर्दै झापा एघारले १-० गोल अन्तरले आयोजकलाइ हराउँदै झापा एघार विजयी भएको छ । झापा एघारको तर्फबाट टिम क्याप्टेन पेमा तामाङले गोल गरेका थिए । खेलमा झापा एघारका पेमा तामाङ म्यान अफ दी म्याच घोषित भएका थिए ।
भोलिको खेल सलहेस फुटबल क्लब सिराहा र एलएक्स सिटी फुटबल क्लब मोरङबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले २ लाख २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। प्रतियोगिताको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने क्लबका अध्यक्ष गौतम राईले जानकारी दिए ।
प्रतियोगिताका बेस्ट प्लेयर, बेस्ट मिडफिल्डर, वेस्ट किपर र उदीयमान खेलाडीसहित सात विधागत उपाधि विजेता खेलाडीलाई पनि जनही ५ हजार नगदसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
२००७ सालका प्रजातान्त्रिक क्रान्ति योद्धा नारदमुनि थुलुङ राईको स्मृतिमा बसाहा क्लबले विगत डेढ दशकदेखि नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता संचालन गर्दै आएको छ ।

Facebook Comments Box