राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन किताब बेच्दै सप्तकोसीमा


सप्तकोसी /राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन बिरगंजमा कृषि औजार कारखाना पुनः सञ्चालन गराउने अभियान लिएर पुस्तक बेच्दै सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर आएका छ्न।
सरकारी उदासिन्ताका कारण देश संचालित उधोग कलकारखाना बन्द भएको अबस्थामा बैज्ञानिक महाबिर पुनले राष्ट्रिय आबिष्कार केन्द्र स्थापना गरि नेपालमा बन्द अबस्थामा रहेका उधोग कलकारखाना पुन सञ्चालन तथा नयाँ कलकारखाना खोल्ने अभियान संचालन गर्दै आएका छ्न।
उधोग कलकारखाना संचालनका लागि आर्थिक संकलन जुटाउन आफ्नै आत्मकथाको पुस्तक लेखेर पुस्तक बेच्दै देशका विभिन्न ४० जिल्लामा १ लाख ५५ हजार पुस्तक बेचेर ९ करोड रकम जम्मा गरि बिरगंजमा सानकिसानका लागि आवश्यक कृषि औजार कारखानालाइ संचालन ल्याइ सके को र त्यसलाई अझ ब्याबस्थित र कारखानाको क्षमता वृद्धि तथा नयाँ कलकारखाना स्थापना गर्ने अभियान लिएर जिल्ला जिल्लाको दौडाहा निस्किएका पुन सप्तरीको विभिन्न पालिका सहित सप्तकोसीको फत्तेपुर बजार आइपुगेका हुन।


पुनको अभियानलाइ सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले बुधबार स्वागत गर्दै बैज्ञानिक पुनकाे अभियानमा नगरपालिकाको तर्फबाट ५० हजार माथिको पुस्तक किनिदिएर सहयोग गरेका छ्न।
पुनलाइ सप्तरीको राजबिराज अगनीसाइर कृष्णासवरन गाउपालिका कञ्चनरूप र सप्तकाेसी नगरपालिकामा लगायतका विभिन्न पालिका वडा र स्थानीयहरुले पुस्तक किनेर सहयोग गरेका छ्न।
बैज्ञानिक पुनले नेपाल कृषि प्रधान देश भएकाेले कृषिमा प्रयाेग हुने आधुनिक औजारहरु निर्माण गर्न बिरगञ्जकाे कृषि औजार पु:न सञ्चालन गर्ने उद्धेश्यले आफु सहयाेग जुटाउन विभिन्न जिल्लाका स्थानिय तह एवंम संघ- संगठन समक्ष पुग्ने बताए ।
बैज्ञानिक पुन बिहिबार उदयपुरको चौदन्ढि नगरपालिकाको बसाहा, बेल्टार बजारमा अभियान लिएर जाने भएका छन। उनले आफैले लेखेकाे किताबकाे छुट्टै महत्वसंगै जुन उनकाे उद्धेश्यले पनि ठुलाे प्रभाव पारेकाे छ ।




